SHARE
पर्दाफास · बिहीबार २२ साउन २०८२ ०४:१३ PM · 1 मिनेट पढाइ

नेपाली क्रिकेट टोलीद्वारा स्पोर्टस बायोमेकानिक परीक्षण, प्रदर्शन सुधार हुने अपेक्षा

नेपाली क्रिकेट टोलीका सदस्यहरूले खेलकुद विज्ञान अनुसन्धान केन्द्रबाट पहिलोपल्ट स्पोर्टस बायोमेकानिक परीक्षण गर्न पाउँदा धेरै उत्साहित रहेको र यसबाट प्रदर्शनमा पनि सुधार आउने अपेक्षा गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत असार २४ गते मात्र नेपालमा पहिलोपल्ट खेलकुद विज्ञान अनुसन्धान केन्द्र स्थापना गरेको छ ।