SHARE
लोक पथ · बिहीबार २८ जेठ २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

विश्वकप उद्घाटनसँगै विवाद पनि : टिकट मूल्य अत्यधिक र अमेरिकाको कडा अध्यागमन नीतिको चर्को विरोध

मेक्सिको सिटी । उच्च टिकट मूल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताबीच मेक्सिको सिटीको ऐतिहासिक एस्टाडियो एजटेकामा दक्षिण अफ्रिका र आयोजक सह–देश मेक्सिकोबीचको खेलसँगै ४८ टोली सहभागी विश्वकपको सुरुआत भएको छ । करिब ६ सातासम्म चल्ने यो प्रतियोगिता संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा भइरहेको हो । प्रतियोगिताको फाइनल जुलाई १९ मा न्युजर्सीमा हुनेछ ।