SHARE
पर्दाफास · बिहीबार २२ साउन २०८२ ०४:२१ PM · 1 मिनेट पढाइ

मुख्यमन्त्रीको हैसियतमा पाउने सुविधा नलिने बानियाँको घोषणा

बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफू पदको लागि र फोटो टाँस्नको लागी मात्रै मुख्यमन्त्री नभएको बताएका छन् । नेपाल किसान महासंघ बागमती प्रदेशको प्रथम अधिवेशनलाई बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । पारदर्शी, उत्तरदायी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्यसहित आफू मुख्यमन्त्री भएको उनको भनाई छ ।