बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री र राजनीति होइन सार्वजनिक जीवननै त्यागिदिन्छु : अर्थमन्त्री
काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन्। बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै छबि धमिल्याउन नियोजित रुपमा मानिसहरू लागेको दाबी गरेका हुन्।समितिको बैठकमा बजेट बनाउँदा करको दर चुहावट गरेका कारण बजेट सार्वजनिक नहुँदै इभी आयात भएको बताउँदै अर्थमन्त्री र मातहतका निकायमाथि छानबिन गर्नुपर्ने सांसदले माग गरेका थिए।
