प्रतिनिधिसभा बैठक बस्दै
काठमाण्डु – प्रतिनिधि सभाको बैठक बिहीबारबस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा आव २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्ने छन्।
