SHARE
लोक पथ · बिहीबार २८ जेठ २०८३ ०२:५७ AM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरीद्वारा मोरङको सीमावर्ती क्षेत्रबाट ९२२ किलो गाँजा बरामद

काठमाडौं । सशस्त्र प्रहरीले गएराति मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका–७ बाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग, बीओपी नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले ९२२ किलो गाँजा बरामद गरेको हो ।