SHARE
पर्दाफास · मङगलबार २६ जेठ २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभामा आज पनि विपक्षीको विरोध कायमै

प्रतिनिधिसभा बैठक सुरु भएको छ। बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरूले विरोध कायम राखेका छन् । प्रधानमन्त्रीले बालेन्द्र शाहले सीमाबारे दिएको अभिव्यक्तिबारे संसदमा आएर त्यसको जवाफ दिनुपर्ने र माफी माग्नुपर्ने माग राख्दै बैठक निरन्तर अवरोध भइरहेको छ । हिजो पनि प्रतिनिधिसभा बैठकमा विपक्षी दलले अवरोध गरेपछि आजका लागि बैठक स्थगित गरिएको थियो ।