एनएमबि बैंकद्वारा रुपन्देहीको तिलोत्तमा पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न
१७ साउन, काठमाडौं। एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकास्थित तिलोत्तमा पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) गोविन्द घिमिरेले बिरुवा रोपेर गर्नुभयो। उहाँले एनएमबि बैंकले दिगो विकासलाई प्राथमिकता दिंदै वातावरणमैत्री बैंकिङ अभ्यासहरूलाई अगाडि बढाइरहेको जानकारी दिनुभयो।
