SHARE
लोक पथ · सोमबार २५ जेठ २०८३ ०१:४१ PM · 1 मिनेट पढाइ

दिपक भट्ट र सुलभ अग्रवालमाथि अनुसन्धान जारी, आठौँ पटक म्याद थप

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई आठौँ पटक थप गरेको छ । न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज थप तीन–तीन दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।