SHARE
लोक पथ · सोमबार २५ जेठ २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबिच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबिच सहकार्यको सहमति भएको छ । दुई संस्थाबिच ग्राहकहरुलाई भाटभटेनीका सम्पूर्ण स्टोरहरुबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा विशेष सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।