SHARE
कालिका खबर · सोमबार २५ जेठ २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको भनाइ संसद्को रेकर्डबाट हट्नुपर्छ: वर्षमान पुन

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रधानमन्त्री वालेन्द्र शाहको भनाइ संसद्को रेकर्डबाट हटाउनपर्ने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता पुनले प्रधानमन्त्रीको भनाइ सच्चिनुपर्ने बताए। प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा सांसदसँगको प्रश्नोत्तरका क्रममा नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर विपक्षी दलले विरोध गर्दै आएका छन्। त्यही क्रममा सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलले विरोध जनाएका थिए। त्यस क्रममा सभामुख डोलप्रसाद अर्यालले नेकपा नेता पुनलाई बोल्न दिएका थिए। ‘थुप्रै असहमति होलान, तर संसद् नियमति चलोस्,’ पुनले भने, ‘प्रधानमन्त्रीको विषय सच्चिनुपर्छ, संसद्को रेकर्डबाट हट्नुपर्छ।