SHARE
कालिका खबर · सोमबार १० कात्िक २०८३ ०९:२९ AM · 1 मिनेट पढाइ

नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गरेका छन् । सोमबारदेखि उद्घाटन हुन लागेको एनपीएलको सन्दर्भमा समाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने कामना गरेका हुन् । उनले नेपाली क्रिकेट आजको अवस्थासम्म आइपुग्नुका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको उल्लेख गरेका छन् ।