SHARE
कालिका खबर · सोमबार १० कात्िक २०८३ ०३:२३ AM · 1 मिनेट पढाइ

एनपीएललाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने– नेपाली क्रिकेट अमर रहोस्

काठमाडौं । प्रधानमन्त्री बालेन साहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री साहले प्रतियोगितामा सहभागी हुन आएका सबै नेपाली खेलाडीहरू, आयोजक र नेपाल क्रिकेट संघ (क्यान)लाई शुभकामना व्यक्त गरेका हुन् । एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सवको रुपमा उल्लेख गर्दै उनले उनले छोटो समयमै एनपीएल एउटा भव्य खेलकुद महाकुम्भको रूपमा स्थापित भएको बताए । उनले प्रतियोगितामा सहभागी हुन नेपाल आएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई उनले न्यानो स्वागत समेत गरे ।