बोलेरो दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु
इलाम । इलामको देउमाई नगरपालिका–१ चमैतास्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । सोमबार बिहान करिब ६ः३० बजे बोलेरो गाडी सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा देउमाई नगरपालिका–१ चमैता निवासी अन्दाजी २१ वर्षीय विपिन दियालीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक जाँचबुझ गरेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले घटनाबारे थप अनुसन्धान भइरहेको समेत जानकारी दिए ।
