SHARE
कालिका खबर · सोमबार १० कात्िक २०८३ ०८:२६ AM · 1 मिनेट पढाइ

नेपाली सुनचाँदी तथा रत्न आभूषण व्यवसाय प्रवर्द्धन गर्न १६ सदस्यीय टोली दुबई प्रस्थान

काठमाडौँ । नेपाली सुनचाँदी तथा रत्न आभूषण व्यवसायको अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन, नवीनतम प्रविधिबारे जानकारी हासिल तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको १६ सदस्यीय टोली दुबई प्रस्थान गरेको छ। महासंघका महासचिव निरबहादुर विश्वकर्मा (बिमल धमला) को नेतृत्वमा उक्त टोली दुबई प्रस्थान गरेको हो। टोलीले दुबईमा आयोजना हुने ‘Jewellery Gem & Technology in Dubai–2026’ प्रदर्शनीमा सहभागिता जनाउनेछ।