खाद्य परीक्षण क्षेत्रमा ऐतिहासिक फड्को : ८१४ परीक्षण प्यारामिटरमा प्रयोगशाला प्रत्यायन
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन लेबोरेटोरीजबाट ८१४ परीक्षण प्यारामिटरमा एक्रिडिटेशन (प्रत्यायन) प्राप्त गर्दै नेपालकै सबैभन्दा ठुलो प्रमाणित खाद्य प्रयोगशालाको मान्यता पाएको छ । विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो ।
