SHARE
लोक पथ · आइबार​ १८ साउन २०८२ ०९:४३ AM · 1 मिनेट पढाइ

नारायणघाट–बुटवल सडकको म्याद चौथो पटक थपियो, निर्माण कम्पनीले अझै १८ महिना माग्दै

नवलपरासी । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको नारायणघाट–बुटवल सडक विस्तारको म्याद चौथोपटक थप गरेको छ । हालसम्म ७० प्रतिशत मात्रै निर्माण सम्पन्न भएको भन्दै साउन ७, २०८३ सम्मका लागि म्याद थप गरिएको हो । पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले निर्माण कम्पनीले म्यादभित्र सडक निर्माण सक्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।