SHARE
लोक पथ · आइबार​ १८ साउन २०८२ ०९:५७ AM · 1 मिनेट पढाइ

सडक सुरक्षा चुनौती बनिरहेको छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक निर्माण र विस्तारसँगै सडक सुरक्षा चुनौती बनिरहेको बताएका छन् । आज ललितपुरमा नेपाल अटोमोबाइल एसोसिएसन नेपाल-नासाले आयोजना गरेको अटोमोबाइल तथा मोबिलिटी पोलिसीसम्बन्धमा आयोजित दुईदिने कार्यक्रमको समापन समारोहमा उनले सडक सञ्जाल विस्तारका क्रममा सडक सुरक्षाको विषयलाई अनिवार्य समेटिने गरेको उनको सचिवालयले जनाएको छ ।