कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी वितरण
२५ जेठ, काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वोदय परियोजनासँगको सहकार्यमा दृष्टिविहीन तथा आर्थिक रूपमा विपन्न र सामाजिक रूपमा पछाडि परिएका समुदायमा २५ थान सेतो छडी ( White Cane) वितरण गरेको छ ।
