आफूले बोलेको अभिव्यक्तिहरू कहिल्यै गलत नहुने प्रधानमन्त्रीको दाबी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सार्वजनिक रूपमा बोलेका अभिव्यक्तिहरू कुनै पनि बेला प्रमाणित गर्न तयार रहेको बताएका छन् । आइतबार बालुवाटारमा आयोजित ‘लोकतन्त्र र जनअभिमत’ नेपालको निर्वाचन इतिहास’ पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै उनले आफूले व्यक्त गरेका भनाइहरू गलत साबित भए त्यसको तत्काल भुक्तानी गर्न तयार रहेको बताएका हुन्।
