मुख्यमन्त्री लामाले बोलाएको मन्त्रिपरिषद बैठक अन्तिम समयमा रद्द
काठमाडौं । बागमती प्रदेश सरकारले आह्वान गरेको मन्त्रिपरिषद्को बैठक अन्तिम समयमा आएर रद्द भएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार दिउँसो ३ बजे बैठक बोलाएका थिए, तर प्रमुख सचिवको अनुपस्थितिका कारण बैठक रद्द भएको हो । मुख्यमन्त्री लामा बैठकका लागि काठमाडौंबाट हेटौंडा आइपुगेका थिए ।
