रास्वपाको सर्वदलीय बैठकमा प्रचण्ड सहभागी नहुने, माधव नेपाल र वर्षमान पुन जाने
काठमाडौं । रास्वपाले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य कारणले सहभागी नहुने भएका छन् । उनी हालै निमोनियाबाट प्रभावित भई अस्पताल भर्ना भएर डिस्चार्ज भएका थिए । अहिले पनि पूर्ण रूपमा निको नभएकाले निवासमै आराम गरिरहेका र त्यही कारण बैठकमा नजाने निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।
