कतै जुम्लाबाट ‘राजतन्त्र’मा आफ्नै भविष्य त खोज्दै छैनन् हृदयेन्द्र ? [भिडियोसहित]
अहिले थप चर्चामा छ जुम्ला, जुम्लाकी पञ्चकली बुढा र हृदयेन्द्र वीरविक्रम शाह । प्रचुर सम्भावना हुँदाहुँदै पछि परेको कर्णाली प्रदेशअन्तर्गतको जिल्ला जुम्ला, त्यही माटोमा आफ्नो भविष्य खोज्दै गरेकी पञ्चकली अनि कुनै बेला नेपालमा शासन गरेको शाह वंशका एक सदस्य हृदयेन्द्र । जुम्ला, पञ्चकली अनि हृदयेन्द्रबिचको भेट र भलाकुसारीले एउटा सम्भावनाको उजागर गरेको छ ।
