रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, राष्ट्रिय मुद्दामा केन्द्रीत छलफल हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशको पछिल्लो राजनीतिक अवस्था र महत्वपूर्ण राष्ट्रिय विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ । रास्वपाका सभापति रवि लामिछानेले सोमबार बिहान ९ बजेका लागि बैठक आह्वान गरेका हुन् । बैठक सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्नेछ ।
