‘क्लिन एण्ड ग्रीन स्पोर्ट्स’का लागि विभिन्न खेल संघहरूको ऐतिहासिक ऐक्यवद्धता
२४ जेठ, काठमाडौं। विश्व वातावरण दिवस (जुन ५) को अवसर पारेर नेपालका विभिन्न राष्ट्रिय खेलकुद संघहरूले पर्यावरण संरक्षण र दिगो खेलकुद विकासका लागि ऐतिहासिक ऐक्यवद्धता जनाएका छन् । सातदोबाटोस्थित अल्पाइन स्पोर्ट्स नेपालको कार्यालयमा शुक्रबार आयोजित एक विशेष छलफलमार्फत सहभागी संघहरूले एकजुट भएर ‘क्लिन एण्ड ग्रीन स्पोर्ट्स’ अभियानलाई अगाडि बढाउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।
