विश्व वातावरण दिवसमा कुमारी बैंकद्वारा इलाममा वृक्षारोपण कार्यक्रम सम्पन्न
२२ जेठ, काठमाडौं। विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ । बैंकको फिक्कल शाखा मार्फत ईलाम नगरपालिका र लुम्विनी विश्व शान्ति मञ्चसँग सहकार्य गरी इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो ।
