संघीय लोकतान्त्रिक मोर्चाले देशव्यापी सुरु गर्यो जागरण अभियान
संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ। वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रूपमा जानकारी गराउन एक महिने जनजागरण अभियान सुरु गरेको मोर्चाले जनाएको छ। आइतबार काठमाडौंमा अभियानको शुभारम्भ गर्दै मोर्चा आबद्ध दलका शीर्ष नेताहरूले राज्यले मधेसी, जनजातिलगायत पछि परेका समुदायलाई उपेक्षा गरेको जनाएका थिए।
