SHARE
पर्दाफास · आइबार​ १८ साउन २०८२ ०३:४३ PM · 1 मिनेट पढाइ

भिजिट भिसामा अघोषित प्रतिबन्ध समाधान होइन : अध्यागमन महानिर्देशक तिवारी

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा अघोषित प्रतिवन्ध लगाएर समस्याको समाधान नहुने बताएका छन् । आईतवार कालिकास्थानस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै महानिर्देशक तिवारीले यस्तो बताएका हुन् । श्रम आप्रवासनको धरातलीय यथार्थका स्वीकार गरेर सुरक्षित नबनाएसम्म अध्यागमनदेखि भिजिट भिसाको समस्याहरु समाधान नहुने उनको भनाइ छ ।