यी हुन् बेपत्ता एकै परिवारका १६ जना : खोजी कार्य जारी, अन्तिम ‘लोकेसन’ रामेछापको सिमन्दीछाप
सिन्धुली गोलन्जोरबाट सम्पर्कविहीन एकै परिवारका १६ सदस्यको अन्तिम मोवाइल ‘लोकेसन’ रामेछापको सिमन्दीछाप देखिएको छ । यही साउन ९ गते रामेछापमा ती सदस्यको ‘लोकेसन’ देखिएको प्रहरीले जनाएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेप्टाको उक्त परिवारका १६ जना एकाएक गाउँबाट सम्पर्कविहीन भएका थिए । उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
