SHARE
पर्दाफास · सोमबार १२ साउन २०८२ ०३:११ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले १५ गते विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही साउन १५ गते प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन्। आज नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा दलका नेता एवं मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सर्वसम्मत निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।