सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखराको गगनगौंडामा भेटिए
सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखरामा भेटिएका छन् ।उनीहरूलाई पोखराको माथिल्लो गौँडगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो । कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार, उनीहरुले आफूहरू मजदुरी काम गर्न पोखरा आएको बताएका छन् । उनीहरू गौँडगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेका ओलियाले जानकारी दिए ।
