सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश: ६ संस्था प्राप्ति, १६ वर्षदेखि लगातार लाभांश
वि.सं. २०६४ साल बैशाख ७ गते स्थापना भएको सिटिजन्स बैंक १९ वर्ष पुरा गरि २० औ वर्षमा प्रवेश गरेको छ। त्यस समय २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंकले हालै विभिन्न कार्यक्रम गरि १९ औं वार्षिकोत्सव मनाएको छ । यस अवधिमा बैंकले १६ वर्षदेखि निरन्तर लाभांश प्रदान गरिरहेको छ।
