कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय
कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी सोमबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक आरविवि मर्चेन्टले वैशाख ७ गते सोमबार बिहान १०:३० बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो। कम्पनीले चैत्र २२ गतेदेखि चैत्र २५ गतेसम्म सर्वसाधारणलाई ६ लाख ८४ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो ।
