शिक्षा मन्त्री सस्मितसँग २४ करोड बराबरको सम्पत्ति
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफु र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । जस अनुसार उनले आफ्नो आमाको नाममा काठमाडौँ महानगरपालिका वडा नम्बर ४ मा र कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा घर रहेको बताएका छन् ।
