वार्ता असफल भएपछि ट्रम्पद्वारा हर्मुजमा नाकाबन्दीको घोषणा, कुनै पनि जहाज छिर्न नदिने
पाकिस्तानमा आयोजित इरान र अमेरिकाबीचको वार्ता असफल भएसंगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा नाकाबन्दीको घोषणा गरेका छन् । उनले आफ्नो ट्रुथ सोसलमा पोस्ट गर्दै स्ट्रेट अफ हर्मुज (हर्मुज जलडमरु) मा तत्काल नाकाबन्दी लागू गर्ने घोषणा गरेका हुन्। शान्ति वार्ता असफल भएपछि आएको यो कदमले मध्यपूर्वमा तनाव थप बढाएको छ।
