उपसभामुखको निर्वाचनमा एमालेले कसैलाई पनि मतदान नगर्ने
प्रतिनिधिसभाको उपभामुख पदको निर्वाचनमा नेकपा एमालेले मतदान नगर्ने भएको छ । उपसभामुख पदको निर्वाचन अघि संसदमा आयोजित छलफलमा एमालेको तर्फबाट बोल्दै मोहम्मद इस्तियाक राईले यो निर्वाचनमा एमाले तटस्थ बस्ने बताएका हुन् । यस संगै एमालेले कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने भएको हो। उपसभामुखको लागि दुई जनाको उम्मेदवारी परेको छ।
