२२९ भोट सहित २५ वर्षिया रुवीकुमारी उपसभामुख निर्वाचित
प्रतिनिधिसभाको उपभामुख पदका रुवीकुमारी ठाकुर निर्वाचित भएकी छिन् । उपसभामुख पदको लागि भएको निर्वाचनमा ठाकुरले बहुमत सदस्यको भोट पाएसँगै उनी उपसभामुख निर्वाचित भएकी हुन् । बैठकमा २५६ सांसद उपस्थित रहेकोमा ठाकुरको पक्षमा २२९ मत, विपक्षमा ५ मत र तटस्थमा २२ मत प्राप्त भएको छ । ठाकुर श्रम संस्कृति पार्टीको तर्फबाट उम्मेदवार थिइन् ।
