प्रधानमन्त्रीले आफैसँग राखे श्रम मन्त्रालय, अब मन्त्रिपरिषद् १४ सदस्यीय मात्र
प्रधानमन्त्री वालेन्द्र शाह आफैले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार लिएका छन् । श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त गर्दै प्रधानमन्त्रीले सो मन्त्रालयको कार्यभार आफैसँग राखेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोहि अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहलाई नै तोकी मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरेका छन् ।
