नाडा र राजश्व सचिव बरालबीच भेटवार्ता, गाडीलाई विलासिताको वस्तुमा नराख्न आग्रह
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अर्थ मन्त्रालयका राजश्व सचिव भूपाल बरालसंग भेट गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले राजश्व सचिव बरालसंग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रको समस्याहरुको सम्बन्धमा विस्तृत छलफल गरेको हो ।
