नेताले स्वीस बैंकमा पैसा राखेको भए अनुसन्धानमा सघाउन राजदुत समक्ष गृहमन्त्रीको आग्रह
गृहमन्त्री सुधन गुरुङसँग नेपालका लागि स्वीस राजदूत डेनिएल मैवलीले आज शिष्टाचार भेट गरेकी छिन् । गृह मन्त्रालयमा भएको सो भेटमा राजदूत मैवलीले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिईन् ।
