युद्दविरामको पालना नभएपछि इरानले होर्मुजमा फेरि रोक्यो जहाज, थप आक्रमणको चेतावनी
इरानले स्ट्रेट अफ हर्मुजमा तेल ट्याङ्कर तथा जहाजहरूको आवतजावत फेरि रोकेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) निकट सेमिअफिसियल समाचार एजेन्सी फार्सले जनाएअनुसार, यो कदम इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गर्दै लेबनानमा भारी बमबारी जारी राखेकाले चालिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई साताको युद्धविरामको घोषणा गरेका थिए।
