डिम्याट खातामा आयो पाल्पा सिमेन्टको आईपीओ, PCIL सिम्बलबाट कारोबार
पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट खातामा आएको छ। सिडिएससीले शेयर परेका लगानीकर्तालाई हिजो साँझ शेयर पठाएको हो। अब यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ। कम्पनीको शेयर PCIL सिम्बलबाट कारोबार हुने छ ।
