SHARE
बिजनेस पाना · आइबार​ २२ चैत २०८२ ११:३५ AM · 1 मिनेट पढाइ

डा. नारायण दत्त कडेल महान्यायाधिवक्ता नियुक्त

महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. नारायण दत्त कडेल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा कडेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् । कडेल  बागलुङ निवासी हुन् । उनले सन् २०२३ मा युकेबाट कानूनमा विद्यावारिधि गरेका हुन् । पिएचडी सकेपछि उनी नेपाल फर्किएका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना