प्रभु इन्स्योरेन्सको साधारणसभा आह्वान
प्रभु इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले वैशाख ९ गते साधारणसभा आह्वान गरेको हो। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ८.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४६७९ प्रतिशत नगद लाभांश गरि कुल ९.१६७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
