विपदमा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने
गृहमन्त्री सुधन गुरुङले विपदमा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताएका छन्। आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भएको छलफलमा गृहमन्त्री गुरुङले विपदमा परेका नागरिकको तत्कालै उद्धार गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने जानकारी दिएका हुन्।
