SHARE
पर्दाफास · मङगलबार ११ कात्िक २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

भक्तपुरको कौशलटारमा गुडिरहेको बसमा आगलागी

भक्तपुरको कौशलटारमा यात्रुवाहक बसमा आगलागी भएको छ । केहीबेर अगाडी मात्रै बसमा आगलागी भएको हो । यद्धपी यात्रुहरु भने शुरक्षित रहेको प्रहरीले जनाएको छ । बसको पछाडिबाट धुवाँ निस्किएपछि प्रहरीले सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेको भक्तपुर प्रहरी परिसरका डीएसपी दीपककुमार कार्कीले जानकारी दिएका छन्।