SHARE
पर्दाफास · मङगलबार ११ कात्िक २०८३ ०५:२० AM · 1 मिनेट पढाइ

संघीयतामा बदलिँदो बजार : गाउँमै उदाउँदैछन् नयाँ-नयाँ व्यापारिक केन्द्र

मुसीकोट नगरपालिका भलाक्चाका ६७ वर्षीय जितबहादुर नेपाली युवा अवस्थामा बिहानै घरबाट खाना बोकेर जिल्ला सदरमुकाम खलंगा पुग्थे । उनका लागि आवश्यक कृषि सामग्री र घरायसी सरसामान किन्न पुग्नैपर्ने ठाउँ थियो, खलंगा । तर त्यहाँसम्मको यात्रा सहज थिएन । उनले उकाली–ओराली र जंगलका साँघुरा बाटो हुँदै हिँडेर खलंगा पुग्नुपथ्र्यो ।