राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गरेको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ । बैंकले ७ वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको छ ।
