भोटेकोशी बाढीको दुई महिना : बेपत्ताका परिवार अझै डीएनए रिपोर्टको प्रतीक्षामा
गत भदौ १० गतेको भोटेकोशी बाढीमा परी बेपत्ता भएका नागरिकका परिवारले यस वर्षको दशैं पर्व डीएनए परीक्षणको रिपोर्ट पर्खँदै बिताएका छन्। नेपालगञ्ज उपमहानगरपालिका-२० थपुवाका स्थानीय अनलाल रोकायका अनुसार बेपत्ता आफन्तको अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएका कारण चाडपर्वको समयमा पनि डीएनए रिपोर्ट कुरेर बस्न बाध्य हुनुपरेको छ।
