कांग्रेस अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अनुशासन उलङ्घन गर्ने पाँच सय सात जनाविरुद्ध अध्ययन गरी चाँडो टुङ्गोमा पुर्याउने निर्णय गरेको छ ।
